images
images

नेप्से १७ अंकले बढ्यो १३ अर्बको कारोबार 


  • 402
    SHARES
  • २०७८ भाद्र १० गते बिहीबार

    नेप्से  १७ अंकले बढ्यो १३ अर्बको कारोबार 

    काठमाडौं । निरन्तर रुपमा ओरालो लागिरहेको शेयर बजार साताको अन्तिम दिन बिहिबार सामान्य अंकले बढेको छ । 
    नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १७ अंकले बढेर ३ हजार ९४ दशमलव ०.५७ बिन्दुमा पुगेको हो । 

    आज बजारमा १३ अर्ब ४२ करोड बराबरको २ करोड १६ लाख कित्ता शेयर कारोबार भएको छ । 

    बजारमा १८६ वटा कम्पनीको शेयर कारोबार भएको छ । जसमा १०२ वटा कम्पनीको मुल्य बढेको छ, ७९ वटा कम्पनीको मुल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 

    सेन्सेटिभ, फल्ट, र सेन्सेटिभ फल्टका उपसुचकहरु सकारात्मक रहेका छन् । बैंक, ट्रेडिङ, निर्जिवन बिमा कम्पनीको मुल्य घटेको छ भने  होटल एण्ड टुरिज्म, विकास बैंक, फाइनान्स, माइक्राफाइनान्स, र हाइड्रोपावर कम्पनीको मुल्य बढेको छ । 

    नारायणी डेभलपमेन्ट विकास बैंक, श्री इन्भेष्मेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, अरुण भ्याली हाइड्रोपावर र कर्पोरेट विकास बैंकको मुल्य १० प्रतिशतले बढेको छ । 

    गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, सिटिजन म्युचुअल फण्ड आदि कम्पनीको शेयर मुल्य घटेको हो । 


    images

    Logo