काठमाडौं । अहिलेको शेयर बजारलाई माइक्रोफाइनान्स र हाइड्रोपावर सेक्टरले धानिरहेको छ । त्यसमध्येपनि हाइड्रोपावर कम्पनीका शेयरमूल्य केही अघि अत्यधिक कम भएकाले अहिलेको वृद्धि प्रतिशतका हिसाबमा बढी भएतापनि मूल्यका हिसाबले सामान्य रहेको मान्न सकिन्छ । अझै पनि केही हाइड्रोपावर कम्पनीहरुको मूल्य रु. २०० प्रतिकित्ताभन्दा कम रहेको छ भने रु. ५०० भन्दा बढी केवल ४ वटा हाइड्रोपावर कम्पनी मात्रै रहेका छन्, जसमा अपर तामाकोशी, माउन्टेन इनर्जी, चिलिमे र राधी जलविद्युत् रहेका छन् ।
नेपाली शेयरबजारमा सूचीकृत रहेका माइक्रोफाइनान्स कम्पनीहरुको वृद्धि भने पछिल्लो समय अविच्छिन्न रुपमा अघि बढिरहेको छ । हाल कारोबार भईरहेका माइक्रो फाइनान्स कम्पनीहरुमध्ये जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य मंगलबारको बजारमा ५३६० रुपैयाँमा कारोबार भएको छ भने त्यसपछि महिला लघुवित्तको ४१५८, नेशनल माइक्रो फाइनान्सको ३८९० एवं फरवार्ड माइक्रोफाइनान्सको ३०५० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ । यस्तै, अन्य ७ वटा कम्पनीहरुको शेयरमूल्य २ हजारभन्दा माथि रहेका छन्, जसमा ग्लोबल आईएमई लघुवित्त २८६०, स्वाभिमान माइक्रोफाइनान्स २६८०, सपोर्ट माइक्रोफाइनान्स २५६८, उन्नति सहकार्य २५५६, लक्ष्मी लघुवित्त २३७०, माहुली सामुदायिक लघुवित्त २३१५ तथा मिथिला लघुवित्त २०३५ रहेका छन् । यीबाहेक २७ वटा लघुवित्त कम्पनीहरुको शेयरमूल्य प्रतिकित्ता १००० देखि २००० को बीचमा रहेका छन् । जसमा अधिक मूल्यबाट क्रमशः आशा लघुवित्त १९५५, स्वरोजगार लघुवित्त १९२०, सबैको लघुवित्त १८५९, डिप्रोक्स लघुवित्त १८२२, एनआईसी एसिया लघुवित्त १८०९, छिमेक लघुवित्त १८०३, स्वाबलम्बन लघुवित्त १८०२ रहेका छन् भने मिर्मिरे १७९७, गुराँस लघुवित्त १७९०, निर्धन उत्थान १७७५, किसान लघुवित्त १७४३, गणपति माइक्रोफाइनान्स १७२९, नेरुडे लघुवित्त १५२५, मेरो माइक्रोफाइनान्स १७२२, वोमी माइक्रोफाइनान्स १७१९ तथा सानाकिसान लघुवित्तको १७१० रुपैयाँ प्रतिकित्तामा कारोबार भएको छ । यीबाहेक १५०० रुपैयाँ प्रतिकित्ताभन्दा बढी शेयरमूल्य रहने लघुवित्त कम्पनीहरु ५ वटा रहेका छन् जसमा क्रमशः आरम्भ चौतारी १६४९, सारथी नेपाल लघुवित्त १६५१, साधना लघुवित्त १६१०, एनएमबी माइक्रोफाइनान्स १५९० तथा समिट माइक्रोफाइनान्स १५७४ रुपैयाँ प्रतिकित्ता रहेका छन् । यीबाहेक १००० देखि १५०० सम्म शेयरमूल्य रहेका कम्पनीहरु ६ वटा रहेका छन् । यी कम्पनीहरुमा क्रमशः सूर्योदय लघुवित्त १४९५, सामुदायिक लघुवित्त १४४५, कालिका माइक्रोक्रेडिट १४१८, सिभिल लघुवित्त १४०५, ग्रामीण विकास लघुवित्त १३३४ तथा आरएमडीसी माइक्रो फाइनान्स ११७५ रुपैयाँ रहेका छन् । नेप्सेमा सूचीकृत रहेका र हाल कारोबार भईरहेका लघुवित्त कम्पनीहरुमध्ये १००० रुपैयाँभन्दा कम शेयरमूल्य आरएसडीसी र फस्र्ट माइक्रोफाइनान्सको मात्रै रहेको छ । यी कम्पनीहरुको मूल्य प्रतिकित्ता क्रमशः ८९० रुपैयाँ र ८५० रुपैयाँ रहेका छन् । लामो समय कारोबार बन्द भई आजैबाट कारोबार सुचारु भएको समता लघुवित्तको शेयर मूल्य ६०५ रुपैयाँ प्रतिकित्ता रहेको छ, यद्यपि अहिलेको बजारमा सो कम्पनीको शेयर सो मूल्यमा प्राप्त गर्नै कठिन रहेको छ ।
यसरी हेर्दा लगानीकर्ताहरुले कम्पनीको वित्तीय अवस्थाको कुनै विश्लेषण नै नगरी माइक्रोफाइनान्सको नामलाई मात्रै हेरेर लगानी गरेको देखिन्छ । अविच्छिन्न रुपमा अगाडि बढेको यस प्रकारको यात्रालाई लगानी विश्लेषकहरुले ब्रेक फेल माइक्रोको संख्या दिएका छन् । साथै, बजारको बियरिस ट्रेण्ड सुरु हुने मोड आएमा दुर्घटना हुने भनी लगानीकर्तालाई कम्पनीको उचित विश्लेषण र मूल्याङ्कन गरेर मात्रै लगानी गर्न सुझाएका छन् ।


