काठमाडौँ । गोर्खाज फाइनान्सका लिमिटेडको वार्षिक साधारणसभा स्थगित भएको छ । उच्च अदालत पाटनले साधारणसभा स्थगनको अन्तरिम आदेश दिएपछि फाइनान्सको साधारण सभा स्थगित भएको हो ।
अदालतले बुधबार साँझ अन्तरिम आदेश दिएकोले साधारणसभा स्थगन भएको कम्पनीले जनाएको छ । कम्पनीले २६ औँ साधारणसभाको लागि आज विहीबार मिति तोकेको थियो ।