काठमाडौँ । हकप्रद शेयर निष्काशनको लागि सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले बिक्री प्रवन्धक नियुक्त गरेको छ । कम्पनीले विहीबार सानीमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
साउन २४ गते बसेको कम्पनीको सञ्चालक समितिकाे बैठकले १० प्रतिशत बोनश शेयर दिने निर्णय गरेकाे थियाे । सो शेयरकाे मुल्य ७ करोड ३३ लाख रुपैँया बराबर हो । त्यस्तै, कम्पनीले ०.५२६३ प्रतिशत अर्थात ३८ लाख ५९ हजार रुपैँया नगद लाभांस दिने घोषणा गरेको थियाे। सोही बैठकले बोनश शेयर वितरण पछि २ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।
हकप्रद र बोनश शेयर वितरणपछि कम्पनीको पुँजी १ अर्ब २० करोड रुपैँया बराबर हुन आउने जनाइएको छ । कम्पनीको शेयर अन्तीम कारोबार ५ सय ५५ रुपैँयामा भएको थियो ।