काठमाडौं । दुई म्युचुअल फण्डको इकाइ मुल्य समायोजन भएको छ । नेप्सेका अनुसार सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड–२ को इकाइ मूल्य समायोजन भएको हो ।
बिहीबार नेप्सेमा सीबी आई एल क्यापिटल अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको हो ।
सिटिजन्स म्युचुअल फण्ड १ को ४० प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको छ । सिटिजन्स म्युचुअल फण्ड–१ को प्रति इकाई मूल्य ११.२० रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार १५.२० रुपैयाँमा भएको थियो ।
यस्तै सिटिजन्स म्युचुअल फण्ड २ को ४० प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको हो । सिटिजन्स म्युचुअल फण्ड–२ को प्रति इकाई मूल्य ११.४९ रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार १५.४९ रुपैयाँमा भएको थियो ।


