images
images

पुँजीबजारको ओरालो यात्रा कायमै, सातामा ५ अर्बले घट्यो कारोबार


  • 396
    SHARES
  • २०७८ भाद्र २५ गते शुक्रबार

    पुँजीबजारको ओरालो यात्रा कायमै, सातामा ५ अर्बले घट्यो कारोबार

    काठमाडौँ । यो साता पनि पुँजीबजारले ओरालो यात्रा कायम गरेको छ । ५ दिन कारोबार भएको पुँजीबजार ओरालो लागेर २८७६ विन्दुमा झरेको छ । अघिल्लो सातापनि नेप्से ओरालो लागेर अन्तिम कारोबार दिन नेप्से २९२७ विन्दुमा झरेको थियो । 

    यो साता ८ करोड ६७ लाख कित्ता शेयर ४२ अर्ब २५ करोड रुपैँया बराबरमा खरिदबिक्री भएको छ । सोमबार २९८० विन्दुसम्म पुगेको नेप्से त्यसभन्दा माथि उक्लन सकेन । आइतबार नेप्सेमा भारी गिरावट आएको थियो । नेप्से परिसुचक घटेर २८१८ विन्दुमा पुगेको थियो । 

    साताको पहिलो कारोबार दिनमा नेप्से २८१८.८५ विन्दृुमा झरेको थियो । सो दिन नेप्सेमा नकरात्मक सर्किट लागेर ४० मिनेटलाई बजार बन्द गर्नुपरेको थियो । बजार बन्द गरेर करेक्सन गर्न खोजेपनि त्यसले सकरात्क बाटो समात्न सकेन । आइतबार नेप्से २७७९ विन्दुसम्म झरेको थियो । आइतबार ११ अर्ब २४ करोड रुपैँया बराबरको कारोबार भएको थियो ।

    दोस्रो कारोबार दिन नेप्सेमा केही सुधार आएको थियो । २९८०.७९ विन्दुमा उक्लीएको बजारमा ९ अर्ब ८२ करोड बराबरको कारोबार भएको थियो । तेस्रो कारोबार दिन नेप्से २९३६.६१ विन्दुमा झरेको थियो । उक्त दिन ७ अर्ब ४९ करोड रुपैँया बराबरको शेयर खरिदबिक्री भएको थियो । 

    बुधबार पनि नेप्से ओरालो लाग्ने क्रम रोकिएन । उक्त दिन नेप्से २८७६.५९ विन्दुमा झरेको थियो । सो दिन साताकै कम ६ अर्ब ६४ करोड रुपैँयाको शेयर खरिदबिक्री भएको थियो । 
    साताको अन्तिम कारोबार दिन पनि पुँजीबजार उकालो लाग्न सकेन । सो दिन नेप्से २८७६ विन्दुमा पुगेको थियो । बिहीबार ७ अर्ब ५ करोड रुपैँया बराबरको शेयर खरिद बिक्री भएको थियो । 

    कारोबार रकम घट्यो 

    पुँजीबजार निरन्तर ओरालो लागेपछि कारोबार रकम पनि घटेको छ । अघिल्लो साता ४७ अर्ब ७६ करोड रुपैँया बराबरको शेयर खरिदबिक्री भएको थियो । चार दिन खुलेको पुँजीबजारमा भएको यो कारोबार यो साता ११ प्रतिशतले खुम्चिएको छ । 

    यो साता ४२ अबै २५ करोड रुपैँया बराबरको शेयर खरिदबिक्री भएको छ । साताको पहिलो कारोबार दिन ११ अर्ब रुपैँया बराबरको कारोबार भएको पुँजीबजारमा विहीबार ७ अर्ब रुपैँया बराबरको कारोबार भएको थियो । बुधबार कारोबारमा झन् संकुचन आएको थियो । उक्त दिन ६ अर्ब रुपैँया बराबरको शेयर खरिदबिक्री भएको थियो । 

    त्यस्तै यो साता फाइनान्स उपसुचकको कारोबार अत्याधिक घटेको छ । अघिल्लो साता ६ अर्ब ६९ करोड रुपैँया बराबरको शेयर खरिदबिक्री गरेको उपसमुहले यो साता ४ अर्ब ८ करोड रुपैँया बराबरको शेयर खरिदबिक्री गरेको छ । उत्पादन तथा माइक्रोफाइनान्स उपसुचकको शेयर कारोबारमा पनि ह्रास देखिएको छ । 

    यो साता ३१ प्रतिशतले बढेको ट्रेडिङ उपसमुहको शेयर १ अर्ब रुपैँया बराबरको कारोबार भएको छ । लाइफ इन्स्योरेन्सको ५ र इन्भेष्टमेन्टको ०.८६ प्रतिशतले शेयर खरिदबिक्री बढेपनि अन्य उपसमुहको शेयर कारोबारमा भारी गिरावट आएको छ । 


    images

    Logo