images
images

कसका स्वार्थमा अर्थमन्त्रीले गभर्नरलाई फोन गरेर शेयर बजार बढाको ?


  • 455
    SHARES
  • २०७८ भाद्र २५ गते शुक्रबार

    कसका स्वार्थमा अर्थमन्त्रीले गभर्नरलाई फोन गरेर शेयर बजार बढाको ?

    काठमाडौँ । पुँजीबजारको विषयमा अर्थमन्त्रीले गभर्नरलाई कसका स्वार्थका निम्ति फोन गरेको भनेर प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको छ । शुक्रबार सांसद प्रेम सुवालले अर्थमन्त्रीले कसका स्वार्थपुर्तिका लागि फोन गरेर शेयर बजार बढाएको भन्दै प्रश्न गरेका हुन् । 

    पुँजीबजार ओरालो लागेपछि सोमबार अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेका थिए । उक्त फोनपछि शेयरबजारले थोरै भएपनि राहत पाएको थियो ।

    सुवालले सय डेढ सय ठुला लगानीकर्ताको स्वार्थ पुरा गर्न फोन गरेको भन्दै आपत्ती जनाएका छन् । उनले भनेका छन् अर्थमन्त्रीले श्रमिकका लागि फोन गरेको हैन ठुला लगानीकर्ताको स्वार्थमा फोन गरेका हुन् । 


    images

    Logo