काठमाडौं । दुई म्युचुअल फण्डको इकाई मुल्य समायोजन भएको छ । नेप्सेका अनुसार एन आई सी एशिया ग्रोथ र एन आई सी एशिया ब्यालेन्स फन्डको इकाई मूल्य समायोजन भएको हो ।
आइतबार नेप्सेमा एन आई सी एशिया क्यापिटल अन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको हो ।
एन आई सी एशिया ब्यालेन्स फन्ड को ३० प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको छ । एन आई सी एशिया ब्यालेन्स्ड फन्डको प्रति इकाई मूल्य ११.२७ रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार १४.२७ रुपैयाँमा भएको थियो ।
यस्तै एन आई सी एशिया ग्रोथको ३० प्रतिशत नगद लाभांश पछिको इकाइ मूल्य समायोजन भएको हो । एन आइ सी एशिया ग्रोथ को प्रति इकाई मूल्य १२.२२ रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार १५.२२ रुपैयाँमा भएको थियो ।


