काठमाडौँ । अरुण कावेली पावर लिमिटेडको ११ औँ बार्षिक साधारण सभा सम्मन्न भएको छ । शनिबार कम्पनीकाे साधारण सभा लगानीकर्तालाई दिने हकप्रद, बोनश शेयर र लाभांस सम्बन्धि प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
साधारणसभाले लगानीकर्तालाई १ बराबर १ को हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ । त्यस्तै, १७ प्रतिशत बोनश शेयर र ०.८९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पनि पारित गरेका छ ।
प्रदेश नम्बर १ को कावेली नदिमा रहेको कम्पनीले अहिले २५ मेगावाट विद्युत् उत्पादन गरेर वेचिरहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ मा ७० करोड ६७ लाख रुपैँया आम्दानी गरेको छ ।