images
images

नेपाल ल्युव आयलले बोलायो साधारणसभा, ३० प्रतिशत बोनस र नगद लाभांश दिने


  • 572
    SHARES
  • २०७८ भाद्र २७ गते आइतबार

    नेपाल ल्युव आयलले बोलायो साधारणसभा, ३० प्रतिशत बोनस र नगद लाभांश दिने

    काठमाडौं । नेपाल ल्युव आयल लिमिटेडले साधारणसभा गर्ने भएको छ । 

    कम्पनीले नगद लाभांश र बोनस शेयरदिने प्रस्ताव सहित साधारणसभा गर्न लागेको हो । 

    भदौ २५ गते बसेको सञ्चालक समितिको ३५८ औं बैठकले कम्पनीको ३० औं वार्षिक साधारणसभा गर्न लागेको हो । 

    उक्त कम्पनीको  साधारणसभा असोज १८ गते सोमबार संस्थाको कार्यालय झम्सिखेलमा भर्चुअल माध्यमबाट बिहान ११ बजे बस्दैछ । 

    कम्पनीको ले साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । 

    साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ५ गतेदेखि १८ गते सम्म बुक क्लोज गर्ने भएको छ ।  तसर्थ असोज ४ गते सम्म कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने बोनस र नगद लाभांश पाउनेछन्।


    images

    Logo