काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार बजार खुलेको एक घण्टामा कम्पनीको शेयरमुल्य १० प्रतिशत बढेपछि सर्किट लागेको हो ।
बिहीबार कम्पनीको शेयर प्रतिकित्ता १८ हजार ३ सय २ रुपैँयामा अन्तिम कारोबार भएको थियो । साताकाे पहिलाे काराेबार दिन सर्किट लागेर कम्पनीको शेयर मुल्य प्रतिकित्ता २० हजार १ सय ३२ रुपैँया पुगेको छ ।
खरिद माग बढेसँगै कम्पनीको शेयरमुल्य बढेको छ ।