काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओरालो यात्रामा ब्रेक लागको छ । अघिल्लो साताभरिनै नकरात्मक रहेको नेप्से साताको पहिलो कारोबार दिन सकरात्मक देखिएपछि ओरालो यात्रामा ब्रेक लागेको हो ।
आइतबार नेप्से ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा पुगेको छ । बजारमा १८५ कम्पनीको ९ अर्ब ४४ करोड रुपैँया बराबरको शेयर खरिदबिक्री भएको छ । १२ कम्पनीले कमाउन नसक्दा १७१ कम्पनीको लगानीकर्ताले कमाउन सफल भएका छन् । २ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
आइतबार नेप्सेसहित फ्लट, सेन्सेटीभ फ्लट र सेन्सेटीभ सुचकहरु सकरात्मक रहे । १३ उपसुचमध्ये म्युचुअल फण्ड बाहेकका सबै सुचकहरु सकरात्मक रहे । विकास बैंक र हाइड्रो पावर कम्पनीको शेयर मुल्यमा धेरै वृद्धि देखिएको छ ।
साताको पहिलो दिन ९ कम्पनीका शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । नेशनल हाइड्रो, राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, अपी पावर, अरुण कावेली लगायतका कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड १, रैरङ हाइड्रो लगायतका कम्पनीको मुल्यमा गिरावट आएको छ ।


