काठमाडौं । चार वटा कम्पनीले साधारणसभाको मिति तय गरेका छन् । नगद लाभांश र वार्षिक विवरण अनुमोदन गर्ने प्रस्तावसहित कम्पनीले साधारणसभा गर्न लागेको हो ।
आर्कस क्यापिटल एडभाइजर्स लिमिटेड, नेपाल बङगलादेश क्पापिटल लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा गर्न लागेको हो ।
नेपाल बङगलादेश क्पापिटल लिमिटेडको वार्षिक साधारणसभा असोज १८ गते सोमबार दिउँसो ४ बजे इन्द्रेणी फुडल्यान्ड नयाँबानेश्वर काठमाडौंमा बस्दैछ । भदौ २५ गते बसेको सञ्चालक समितिको ४७ औं बैठकले कम्पनीको तेस्रो साधारणसभा गर्न लागेको हो । सो कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई ०७८ असार मसान्त सम्म कायम रहेको कम्पनीको २० करोड चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने १९ प्रतिशत अर्थात ३ करोड ८० लाख रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा गर्ने भएको छ । भदौ १७ गते बसेको सञ्चालक समितिको २३८ औं बैठकले कम्पनीको बाह्रौँ र तेह्रौँ वार्षिक साधारणसभा गर्न लागेको हो । कम्पनीको वार्षिक साधारणसभा नेपाल विद्युत प्राधिकरण,दरबारमार्गमा बिहान ११ः३० बजे भर्चुअल माध्यम बस्दैछ ।
उक्त साधारणसभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई सञ्चालक समितिको विभिन्न मितिको निर्णयअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा उपलब्ध गराइएको आर्थिक सहयोग रकम अनुमोदन र दुबै आर्थिक वर्षको नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ।
सो साधारण सभाका लागि कम्पनीले असोज ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ३ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।
आर्कस क्यापिटल एडभाइजर्स लिमिटेड ले आर्थिक वर्ष ०७७/०७८ को साधारणसभा गर्न लागेको हो । सो कम्पनीको साधारणसभा असोज २० गते कम्पनीको रजिष्टार कार्यालयमा दिउँसो २ बजे भर्चुअल माध्यम बाट बस्दैछ । उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ ।
सिद्धार्थ क्यपिटल लिमिटेडको साधारणसभा असोज १८ गते सिद्धार्थ क्यपिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा साँझ ४ बजे भर्चुअल माध्यम बाट बस्दैछ । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १० औं साधारणसभा गर्न लागेको हो । सो कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत अर्थात ८ करोड नगद लाभांश प्रदान गर्नेछ ।


