काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले मर्जर सम्झौताको लागि १० महिनापछि साधारणसभा बोलाएको छ ।
संस्थाले युनिक नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जरका लागि पहिलो विशेष साधारणसभा बोलाएको हो ।
सो कम्पनीको साभारणसभा असोज १६ गते शनिबार बिहान ११ बजे होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बस्दैछ । यसअघि सो कम्पनीले गत कात्तिक २३ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको थियो । सम्झौतासँगै सो कम्पनीको दोस्रो बजारको कारोबार गर्न पाएका छैनन् ।