काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको ४० लाख ऋणपत्र सूचीकृत भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र एन आई सी एशिया बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
भदौ २८ गते ती दुई कम्पनीले नेपाल स्टक एक्चेन्ज नेप्सेमा ऋणपत्र सूचीकृत गराएको हो । सुचीकरणसँगै सो ऋणपत्र दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।
८.५ प्रतिशत एन आई सी एशिया डिबेन्चर २०८८ को अंकित मुल्य १ हजारको दरले १५ लाख ७३ हजार ८ सय ७२ कित्ता बिक्री गरेको थियो ।
त्यस्तै, ८.५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ को अंकित मुल्य १ हजारको दरले २५ लाख कित्ता बिक्री गरेको थियो ।