काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बढेको छ ।
साताको दोस्रो दिन बजार ०.०१ प्रतिशतले बढेर २ हजार ९ सय ४७ दशमलव ७० बिन्दुमा पुगेको हो ।
बजार बढेसँगै अजोड इन्स्योरेन्स कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
अघिल्लो साताभरिनै घटेको शेयर बजार साताको पहिलो कारोबार दिन देखी सकरात्मक देखिएको हो ।
बजारमा १८५ कम्पनीको ९ अर्ब २९ करोड रुपैँया बराबरको १ करोड ५६ लाख कित्ता शेयर कारोबार भएको छ । नेप्से बढेसँगै ७६ वटा कम्पनीको शेयर मुल्य बढेको छ ,१७१ कम्पनीको शेयर मुल्य घटेको छ, भने बाँकी ७ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
सोमबार नेप्सेसहित फ्लट, सेन्सेटीभ फ्लट र सेन्सेटीभ सुचकहरु सकरात्मक रहेका छन् । १३ उपसुचमध्ये म्युचुअल फण्ड, हाइड्रो पावर ,माइक्रोफानान्स बाहेकका सबै सुचकहरु सकरात्मक रहेका छन् । बैंक, विकास बैंक, होटल एण्ड टुरिज्म,ट्रेडिङ लगायतका कम्पनीको शेयर मुल्य बढेको हो ।
रैरङ हाइड्रो, युनिभर्सल पावर कम्पनी, ग्रिनलाइफ हाइड्रो लगायतका कम्पनीको शेयर मुल्य घटेको छ ।


