काठमाडौं । बि ओ के क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारणसभा हुने भएको छ ।
कम्पनीको वार्षिक साधारणसभा असोज २० गते बुधबार दिउँसो ३ बजे कम्पनीको कार्यालय नक्साल काठमाडौंमा बस्दैछ ।
भदौ २४ गते बसेको सञ्चालक समितिको ७९ औं बैठकले कम्पनीको छैठौं साधारणसभा गर्न लागेको हो ।
सो कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको २१ करोड चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने अर्थात ३ करोड ७८ लाख रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।
उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ ।