images
images

सर्वसाधारणलाई नयाँ नोट साट्न संख्या तोकिने, बैंकले लगे साढे ३ अर्ब


  • 1.0K
    SHARES
  • २०७८ भाद्र २९ गते मंगलबार

    सर्वसाधारणलाई नयाँ नोट साट्न संख्या तोकिने, बैंकले लगे साढे ३ अर्ब

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैँको लागि वितरण हुने नयाँ नोट साट्न संख्या तोक्ने भएको छ । राष्ट्र बैंकले सर्वसाधरणको लागि वितरण गर्ने खुद्रा पैसा साट्न संख्या तोक्ने भएको हो । 

    नोट साट्न नागरिकको भिँड लाग्ने हुँदा कोभिड–१९ को संक्रमण बढ्ने खतरा देखिएकोले संख्या तोक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि सबै नागरिकले नोट साट्न पाउने व्यवस्था थियो । 

    दशैँको समयमा सर्वसाधरणले अत्याधिक मात्रामा खुद्रा पैसा साट्ने गरेको राष्ट्र बैंकले जनाएको छ । कोरोना महामारीको कारण भिँड नियन्त्रण गर्न संख्या तोक्न लागेको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले बताए । 

    असोज ४ गतेदेखि २४ गतेसम्म सर्वसाधरणलाई नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । अघिल्ला वर्षहरुमा नयाँ नोट वितरणका लागि बैंकले हप्ता दिनको सयम दिने गरेको थियो । सो बेला दैनिक ३ सय जनाले खुद्रा पैसा साट्ने गरेको कार्यकारी निर्देशक नेपालले बताए । 

    यो वर्ष दैनिक सय देखि डेढ सय जनाले नयाँ नोट साट्न पाउने भएका छन् । २० दिनको समयमा करिब ३५ सय नागरिकले नयाँ नोट पाउनेछन् । अघिल्ला वर्षहरुमा २५ सय नागरिकले मात्र नयाँ नोट साट्ने गरेको उनले बताए । एक व्यक्तिले पाँच रुपैँया देखि सय रुपैँयासम्मको १८ हजार ५ सय रुपैँया खुद्रा नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । 

    सर्वसाधारणका लागि संख्या तोकिएपनि वाणीज्य बैंकहरुले ३ अर्ब ६० करोड रुपैँया बराबरको नयाँ नोट लगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि भदौ १५ गतेबाट नयाँ नोट वितरण शुरु गरेको थियो । 


    images

    Logo