images
images

दुई कम्पनीको ३५ हजार कित्ता शेयर आजदेखि लिलामीमा


  • 352
    SHARES
  • २०७८ भाद्र २९ गते मंगलबार

    दुई कम्पनीको ३५ हजार कित्ता शेयर आजदेखि लिलामीमा

    काठमाडौं । दुई वटा कम्पनीको संंस्थापक शेयर आजदेखि लिलामीका लागि खुला भएको छ । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको संंस्थापक शेयर आजदेखि लिलामीका लागि खुला हुने भएको हो । 

    मुक्तिनाथ क्यापिटलले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो । 

    ज्योति विकास बैंकको २९ हजार २ सय ५० कित्त्ता र प्रभु इन्स्योरेन्सको ६ हजार ३६ कित्ता शेयरका लागि प्रबन्धक मुक्तिनाथ क्यापिटलले आजदेखि बिक्री खुला गरेको हो ।

    ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको शेयरका लागि न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ज्योति विकास बैंकको शेयर मुल्य १४५ रुपैयाँ र प्रभु इन्स्योरेन्सको शेयर मुल्य ३५० रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिदका लागि संस्थापक वा पो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    इच्छुुक व्यक्तिले कात्तिक ३ गते सम्म मुक्तिनाथ क्यापिटलमा आवेदन दिन सक्नेछन्।

     

     


    images

    Logo