काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से)घटेको छ ।
साताको तेस्रो दिन नेप्से १८ अंकले घटेर २ हजार ९ सय २९ दशमलव २९ बिन्दुमा पुगेको हो । बजार घटेसँगै १८५ वटा कम्पनीको ५ अर्ब १९ करोड रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता शेयर कारोबार भएको छ ।
४९ वटा कम्पनीको शेयरमुल्य घटेको छ, १३१ वटा कम्पनीको शेयर मुल्य बढेको छ, भने बाँकी ५ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।
बैंक, विकास बैंक, होटल एण्ड टुरिज्म, ट्रेडिङ म्युचुअल फण्ड, हाइड्रो पावर ,माइक्रोफानान्स लगायतका सबै कम्पनीको शेयर मुल्य घटेको छ ।
सानिमा लाइफ इन्स्योरेन्स, रैरङ हाइड्रो, मनकामना स्मार्ट लघुवित्त गुडविल फाइनान्स आदि कम्पनीको शेयर मुल्य बढेको छ भने राष्ट्रिय बीमा कम्पनी, अजोड इन्स्योरेन्स कम्पनीको मुल्य घटेको हो ।



