काठमाडौं । साहस उर्जा लिमिटेडले असोज ६ गते देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ७० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कम्पनीको कर्मचारीका लागि छुट्याएको छ ।
बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो ६ लाख ४४ हजार आवेदकका लागि बाँडफाँट गर्न पर्याप्त हुनेछ । उक्त कम्पनीको आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम १० लाख ५० हजार सम्म आवेदन दिन सकिने जनाएको छ ।
कम्पनीको आईपीओ निष्काशन छिटोमा असोज १० गते र ढिलोमा असोज २० गते बैकिङ् समय पश्चात बन्द हुनेछ ।
साहस उर्जा लिमिटेडको शेयर बिक्री प्रबन्धकको रुपमा एनआईबीएल क्यापिटल रहेको छ ।
यस अघि कम्पनीले साउन २९ गते देखी भदौ ११ गते सम्म सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि ३५ लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सो शेयरो बाँडफाँट भइसकेको छ ।


