images
images

मञ्जुश्री फाईनान्सले एकैपटक खोल्यो ३ शाखा


  • 459
    SHARES
  • २०७८ भाद्र २९ गते मंगलबार

    मञ्जुश्री फाईनान्सले एकैपटक खोल्यो ३ शाखा

    काठमाडौं । मञ्जुश्री फाईनान्सले एकैपटक तीन शाखा विस्तार गरेको छ । फाईनान्सले नवलपुर जिल्लाको गैंडाकोट ,चितवन जिल्लाको हाकिमचौक भरतपुर, र पर्साबजारमा नयाँ शाखाको सुरुवात गरेको हो ।  

    मञ्जुश्री फाईनान्स लिमिटेड को सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यज्यूहरुले शाखा कार्यालयको उद्घाटन गरेका छन् । 

    काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज, मुर्गिया,योगीकुटि,मणिग्राम र भैरहवा  मा १५ वटा शाखा रहेका थिए भने अब थप ३ सहित शाखा संख्या १८ रहेको जनाएको छ  ।


    २०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी एवं ५० करोड रुपैयाँ डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ८.९१ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ७.९५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ  । 

    यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र  इ–सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

    manjushree 11.jpeg


    images

    Logo