images
images

दुई लाख कित्ता शेयर आजदेखि लिलाम बिक्री गर्दै एनआईबीएल क्यापिटल 


  • 412
    SHARES
  • २०७८ भाद्र ३० गते बुधबार

    दुई लाख कित्ता शेयर आजदेखि लिलाम बिक्री गर्दै एनआईबीएल क्यापिटल 

    काठमाडौं । एनआईबीएल क्यापिटल ले दुई वटा कम्पनीको २ लाख कित्ता संंस्थापक शेयर आजदेखि लिलामीका लागि खुला गर्ने भएको छ ।

    ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको को संंस्थापक शेयर आजदेखि लिलामीका लागि खुला गर्ने भएको हो । 

    एनआईबीएल क्यापिटलले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो । 

    ज्योति विकास बैंकको १ लाख ८१ हजार ४ सय ७० कित्त्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार १ सय ६६ कित्ता संस्थापक शेयर लागि प्रबन्धक एनआइबीएल क्यापिटलले आजदेखि बिक्री खुला गरेको हो ।

    ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सका को शेयरका लागि न्यूनतम १००० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ज्योति विकास बैंकको शेयर मुल्य १८५ रुपैयाँ र मञ्जुश्री फाइनान्सकाे शेयर मुल्य २७५ रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिदका लागि संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । 

    इच्छुुक व्यक्तिले कात्तिक ३ गते सम्म एनआईबीएल क्यापिटलमा आवेदन दिन सक्नेछन्।


    images

    Logo