काठमाडौं । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक घटेको छ ।
शेयर बजार ४० अंकले घटेर २ हजार ८ सय ८९ दशमलव ०३ बिन्दुमा पुगेको हो ।
बजारमा आज ५ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर कारोबार भएको छ ।
१८५ वटा कम्पनीको कारोबार भएको बजारमा ११ वटा कम्पनीको शेयर मुल्य बढेको छ, १७२ वटा कम्पनीकोे शेयर मुल्य घटेको छ भने बाँकी २ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
बैंक, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, माइक्रोफाइनान्स, बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी ट्रेडिङ होटल एण्ड टुरिज्म,म्युचुअल फण्ड, लाइफ इन्स्योरेन्स,इन्भेष्टमेन्ट लगायत सबै कम्पनीको शेयर मुल्य घटेको हो ।
मनकामना स्मार्ट लघुवित्त, कर्पोरेट विकास बैंक र माउन्टेन इनर्जीको शेयर मुल्य बढेको छ भने हिमालयन उर्जा कम्पनी गुडविल फाइनान्स, रुरु जलविद्युत कम्पनीको मुल्य घटेको छ ।


