images
images

बजेट होलिडेमा जानुअघि सरकारले एकैदिन गर्यो १५ अर्ब खर्च


  • 438
    SHARES
  • २०७८ भाद्र ३१ गते बिहीबार

    बजेट होलिडेमा जानुअघि सरकारले एकैदिन गर्यो १५ अर्ब खर्च

    काठमाडौँ । बजेट होलिडेमा जानुअघि सरकारले एकैदिन १४ अर्ब ८७ करोड रुपैँया खर्च गरेको छ । संसदबाट बजेट पास नभएपछि आजदेखि होलिडेमा गएको सरकारले बुधबार उक्त रकम खर्च गरेको हो

    महालेखा नियन्त्रकको कार्यलयले सार्वजनिक गरेको सरकारको दैनिक खर्च अनुसार बुधबार ८ अर्ब ७० करोड रुपैँया चालु खर्च भएको छ । पुँजीगत तर्फ भने १६ करोड रुपैँया खर्च गरेको सरकारले वित्तीय व्यवस्थापनतर्फ ६ अर्ब रुपैँया खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

    बुधबार मात्रै १५ अर्बको हाराहारीका खर्च गरेको सरकारले आजदेखि खर्च गर्न पाउने छैन । संसदबाट बजेट पास नभएसम्मको लागि सरकार सटडाउन भएको छ । 


    images

    Logo