काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.१५ प्रतिशतले घटेको छ । साताको अन्तिम कारोबार दिनमा बजार खुलेको साढे २ घण्टामा नेप्से ३.१५ ओरालो लागेको हो ।
बजार खुलेपछि ५ अर्बको कारोबार भएको पुँजीबजारमा नेप्से सहित सबै सुचकहरु घटेका छन् । फाइनान्स, विकास बैंक, हाइड्रो उपसमुहको शेयर मुल्यमा अत्याधिक गिरावट आएको छ ।
कर्पोरेट विकास बैंक, पञ्चकन्यामाई हाइड्रो, युनाइटेड आईडीआई मर्दी, हिमालयण पावर, सेन्ट्रल फाइनान्स लगायतका कम्पनीको शेयर मुल्य अत्याधिक घटेको छ ।
१८५ कम्पनीको कारोबार भइरहेको बजारमा २ कम्पनी बाहेकको शेयर मुल्य घटेको हो । मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्य ८.४८ प्रतिशतले बढेको छ भने युनिलिभर नेपालको ०.७७ प्रतिशतले बढेको छ ।