images
images

शेयर बजारमा ७६ अंकको भारी गिरावट 


  • 388
    SHARES
  • २०७८ भाद्र ३१ गते बिहीबार

    शेयर बजारमा ७६ अंकको भारी गिरावट 

    काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ७६ अंकले घटेको छ । 

    शेयर बजार २.६५ प्रतिशतले घटेर २ हजार ८ सय १२  दशमलव ३८ बिन्दुमा पुगेको हो ।
     
    बजारमा आज ९ अर्ब ३ करोड रुपैयाँ बराबरको १ करोड ६४ लाख कित्ता शेयर कारोबार भएको छ ।

    सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ३८ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।   

    नेप्से घटेपनि मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । 

    १८५ वटा कम्पनीको कारोबार भएको बजारमा २ वटा कम्पनीको शेयर मुल्य बढेको छ, भने १८३ वटा कम्पनीकोे शेयर मुल्य घटेको छ । 

    बैंक, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, माइक्रोफाइनान्स, बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी ट्रेडिङ  होटल एण्ड टुरिज्म,म्युचुअल फण्ड, लाइफ इन्स्योरेन्स,इन्भेष्टमेन्ट लगायत सबै कम्पनीको शेयर मुल्य घटेको हो । 

    मनकामना स्मार्ट लघुवित्त, सानिमा लार्ज क्याप फण्डको शेयर मुल्य बढेको छ कर्पोरेट विकास बैंक, लिर्बटी इनर्जीको  चन्द्रागिरी हिल्स आदि कम्पनीको मुल्य घटेको छ ।  


    images

    Logo