images
images

नबिल ब्यालेन्स फण्ड–२ र नबिल इक्विटी फण्डको बुक क्लोज 


  • 518
    SHARES
  • २०७८ आश्विन १ गते शुक्रबार

    नबिल ब्यालेन्स फण्ड–२ र नबिल इक्विटी फण्डको बुक क्लोज 

    काठमाडौं । नबिल ब्यालेन्स फण्ड–२ र नबिल इक्विटी फण्डको बुक क्लोज हुने भएको छ । 

    नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फण्ड–२ र नबिल इक्विटी फण्डले बुक क्लोजको मिति तय गरेको हो ।

    उक्त फण्डले आर्थिक वर्ष ०७७/०७८ को मुनाफाबाट इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने प्रयोजनका लागि बुक क्लोज गर्ने भएको हो । 

    दुवै फण्डले असोज ११ गते सोमबार एकदिनका लागि बुक क्लोज गर्ने भएका हुन् , जस अनुसार असोज १० गते सम्म कायम भएका इकाईधनीहरुले वितरण गर्ने प्रतिफल पाउनेछन् । 

    नबिल ब्यालेन्स फण्ड–२ ले इकाईधनीहरुलाई ३५ प्रतिशत कर सहितको नगद लाभांश र नबिल इक्विटी फण्डले ४० प्रतिशत कर सहितको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

    यि दुवै फण्डको कोष प्रवर्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैकिंङग् लिमिटेड रहेको छ । 

      


    images

    Logo