काठमाडौं । आँखुखोला जलविद्युत्त् कम्पनीको लकइन पिरियड सकिएको छ ।
कम्पनीले धादिङ जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि जारी गरेको शेयरको लकइन पिरियड सकिएको हो । लकइन पिरियड सकिएसँगै ६६ लाख कित्ता शेयर कारोबारका लागि फुकुवा हुने भएको छ ।
सो कम्पनीले स्थानीयवासीका लागि जारी गरेको ६ लाख २३ हजार ९ सय ८० कित्ता शेयर २०७५ असोज ४ गते बाँडफँट गरेको थियो । सो बाँडफाँट अवधिको तीन वर्ष पूरा भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य हुने भएको हो ।
त्यस्तै, सो कम्पनीले सर्वसाधारणका लागि जारी गरेको शेयर २०७५ कात्तिक ११ गते बाँडफाँट गरेको थियो संस्थापक शेयरको हकमा सर्वसाधारण शेयरको बाँडफाँट भएको मितिले तीन वर्ष लकइन पिरियड रहने व्यवस्था छ ।
सो व्यवस्था अनुसार ६० लाख कित्ता स्थानीयवासी शेयर कात्तिक १२ गते देखि साधारण शेयर सरह दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ ।
बजारमा कस्तो पर्छ असर ?
अहिले बजारमा आँखुखोला जलविद्युत् कम्पनीको १३ लाख ७६ हजार कित्ता शेयर कारोबार योग्य अवस्थामा छ । स्थानीयवासी र संस्थापक शेयरधनीको लकइन पिरियड सकिएसँगै बजारमा अहिले काराबार योग्य रहेको शेयरको झण्डै पाँच गुणा शेयरको आपूर्ति बढ्नेछ । यसले सो कम्पनीको बजार मुल्यमा नकारात्मक असर गर्न सक्छ ।


