काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लघुवित्त कम्पनीहरुमध्येकै सबैभन्दा बढी शेयरमूल्य कायम गरेको छ । बुधबारको बजारमा १० प्रतिशत हाराहारीमा मूल्य बढी सो लघुवित्तको शेयरमूल्य ४५७३ रुपैयाँ कायम भएको छ ।
बुधबारको बजारमा सर्वाधिक शेयरमूल्य रहेको जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य ५३९५ रुपैयाँ रहेकोमा ४९.४० प्रतिशत समायोजन भएपछि ३६११ रुपैयाँ कायम हुन पुगेपछि महिला लघुवित्तले सर्वाधिक शेयरमूल्य कायम भएको हो ।
महिला लघुवित्तको शेयरमूल्यमा विगत केही समयदेखि नै निरन्तर सकारात्मक सर्किट लाग्दै आईरहेको छ । उच्च प्रतिशेयर आम्दानी, कम चुक्ता पुँजी, उल्लेख्य जगेडा कोष र उच्च प्रतिफलको सम्भावनाका कारण सो लघुवित्तको शेयर मूल्यमा आकर्षक वृद्धि हुँदै गइरहेको छ । बुधबारको बजारमा समेत उच्च खरिदचाप र शून्यप्रायः बिक्री चाप भएका कारण सो लघुवित्तको शेयरमूल्यमा अझै बढोत्तरी हुने सम्भावना रहेको छ ।


