images
images

४ कम्पनीको साधारणसभाको मिति तय, कसले कति दिए बोनस र लाभांश 


  • 1.8K
    SHARES
  • २०७८ आश्विन ३ गते आइतबार

    ४ कम्पनीको साधारणसभाको मिति तय, कसले कति दिए बोनस र लाभांश 

    काठमाडौं । चार वटा कम्पनीले साधारणसभाको मिति तय गरेका छन् । बोनस शेयर नगद लाभांश र वार्षिक विवरण अनुमोदन गर्ने प्रस्तावसहित कम्पनीले साधारणसभा गर्न लागेको हो । 

    लक्ष्मी क्यापिटल मार्केट, सेन्चुरी क्यापिटल मार्केट लिमिटेड, अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा गर्न लागेको हो ।  

    डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा असोज २३ गते शनिबार बिहान ११ बजे चितवन गार्डेन रिर्सोट भरतपुर चितवनमा बस्दैछ । असोज १ गते बसेको सञ्चालक समितिको ३०० औं बैठकले कम्पनीको बिसौं साधारणसभा गर्न लागेको हो । 

    उक्त कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफा र गत वर्षको संञ्चित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २ सय रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। 

    यसका साथै, डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने कार्य अघि बढाउन नसक्ने भएकोले हालसम्म भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

    सो साधारण सभाका लागि कम्पनीले असोज १२ देखी २३ गते सम्मका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ११ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् । 

    अपर स्याङ्गे हाइड्रोपावर,लिमिटेडको वार्षिक साधारणसभा असोज २४ गते बिहान ११ बजे अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको कार्यालय चन्डोल,४ काडमाडौंमा बस्दैछ । असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पाँचौैं साधारणसभा गर्न लागेको हो । उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ । 

    लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले आर्थिक वर्ष ०७७/०७८ को साधारणसभा गर्न लागेको हो । सो कम्पनीको साधारणसभा असोज २४ गते लक्ष्मी बैंक लिमिटेड हात्तिसार काठमाडौंमा बिहान ११ बजे बस्दैछ । सो साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई ४ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ ।


    सेन्चुरी क्यापिटल मार्केट लिमिटेडको वार्षिक साधारणसभा असोज २४ गते बिहान ११ बजे आर्यतारा भवन कमलादी काठमाडौमा बस्दैछ । भदौ ३० गते बसेको सञ्चालक समितिको ५८ औं बैठकले कम्पनीको बिसौं साधारणसभा गर्न लागेको हो ।

    सो साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ६.२५ प्रतिशत अर्थात १ करोड २५ लाख रुपैयाँ कर सहितको नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ । उक्त साधारणसभामा कम्पनीले आर्थिक वर्ष ०७७/०७८ कोे नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्ने छ । 

     


    images

    Logo