images
images

ङादी ग्रुप पावरको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस र हकप्रद पारित  


  • 2.1K
    SHARES
  • २०७८ आश्विन ३ गते आइतबार

    ङादी ग्रुप पावरको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस र हकप्रद पारित  

    काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

    सो कम्पनीको साधारणसभा असोज ३ गते क्वीन्स क्याफे अनामनगर काठमाडौंमा सम्पन्न भएको हो । 

    कम्पनीको सो साधारणसभाले बोनस शेयर नगद लाभांशका साथै हकप्रद शेयर पनि पारित गरेको छ । 

    उक्त साधारणसभाले ०७७/७८ को मुनाफा बाट चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख १ हजार रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको छ । त्यसैगरी कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने १ः२ को अनुपातमा हुन आउने २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको हो । 

     

     

     

     

     

     

     

     

     

     

     

     




    images

    Logo