images
images

तेह्रथुम पावर कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त 


  • 428
    SHARES
  • २०७८ आश्विन ४ गते सोमबार

    तेह्रथुम पावर कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त 

    काठमाडौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले नेपाल बंगलादेश क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । 

    बिहिबार तेह्रथुम पावर कम्पनी लिमिटेड र नेपाल बंगलादेश क्यापिटलबीच शेयर रजिष्ट्रार नियुक्ती सम्बन्धी सम्झौता भएको हो ।

    उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्पmबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्पmबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् । 
     
    हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूंजी ४० करोड पूर्ण भैसकेको अवस्था रहेको छ । चुक्ता पूँजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बाँकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत) नेपाली नागरिकहरुबाट कम्पनीको पूंजी उठाईएको छ ।

    अब चाँडो भन्दा चाँडो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने जनाएको छ । 

     

     


    images

    Logo