काठमाडौं । सोमबार शेयर बजार ११४ अंकले घटेको छ । आइतबार सार्वजनिक बिदापछि दोस्रो दिन खुलेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ४.०५ प्रतिशतले घटेर २ हजार ६ सय ९८ दशमलव २५ बिन्दुमा पुगेको हो ।
बजारमा आज १८५ वटा कम्पनीको ८ अर्ब ४३ करोड बराबरको १ करोड ७३ लाख कित्ता शेयर कारोबार भएको छ । ४ वटा कम्पनीको शेयर मुल्य बढ्दा १८१ कम्पनीको शेयर मुल्य घटेको छ ।
बैंक विकास बैंक माइक्रोफाइनान्स, हाइड्रोपावर, ट्रेडिङ, होटल एण्ड टुरिजम, म्युचुअल फण्ड, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट लगायत अन्य सबै कम्पनीको शेयर मुल्य घटेको हो ।
विकास बैंक र हाइड्रोपावर ६ प्रतिशत, बैंक २ प्रतिशत, फाइनान्स सबैभन्दा धेरै ८.५६ प्रतिशत, माइक्रोफाइनान्स, ट्रेडिङ, होटल एण्ड टुरिज्म, म्युचुअल फण्ड, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट ५ प्रतिशतले घटेको हो ।
११४ अंकले बजार घट्दा पनि ५ वटा कम्पनीको शेयर मुल्य बढेको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको मुल्य ९.९९ प्रतिशतले बढेको छ, त्यसैगरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २.०४ प्रतिशतले बढेको छ । नबिल ब्यालेन्स फण्ड –२, सनराइज बैंक डिबेञ्चर, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य २ प्रतिशतको हाराहारीमा बढेको छ ।
आज सर्वाधिक मुल्य घट्ने कम्पनीहरुमा नेपाल फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ, प्रोग्रसिभ फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी आदिको मुल्य घटेको हो ।


