काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वर्गिकरणमा चार बैंक 'क्लास ए' मा उक्लीएका छन् । ३ वाणीज्य बैंक र एक विकास बैंक 'क्लास ए' मा उक्लीएका हुन् ।
नेप्सेमा सूचीकृत संगठित संस्थाको वर्गिकरणको क्रममा प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंक 'क्लास ए' मा उक्लीएका हुन् । त्यस्तै गुडविल फाइनान्स 'क्लास वी' मा र ग्रिन डेभलपमेन्ट बैंक 'क्लास जेड' मा परेको नेप्सेले जनाएको छ ।
नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ को उपविनियम ८ बमोजिम वर्गिकरण गरिएको जनाएको छ । सो व्यवस्था अनुसार साउन २९ गते सूची सार्वजनिक गरेर वर्गिकरणमा नपरेका संस्थालाई नपर्नुको कारणसहित पैतिस दिनभित्र उक्त वर्गिकरणमा पर्नुपर्ने दाबी सहित आवेदन दिन नेप्सेले सुचना जारी गरेको थियो । तोकिएको समयावधिभित्र आवेदन दिएका संस्थाहरुलाई वर्गिकरण गरेको नेप्सेले जनाएको छ ।



