काठमाडौं । नेपाल ल्युव आयलको मूल्य समायोजन भएको छ । कम्पनीले भदौ २७ गते घोषणा गरेको ३० प्रतिशत लाभांशका लागि मंगलबार मूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश घोषणा गरेपछि दोस्रो बजारमा सो कम्पनीको शेयरको माग ह्वात्तै बढेको थियो । तर, बिक्री गर्ने कोही नभेटिँदा करिब १० दिनको बीचमा पनि कम्पनीको कारोबार हुन सकेन ।
मंगलबार कम्पनीको लाभांशका लागि मूल्य समायोजनको मिति तोकिएको थियो । लाभांश घोषणा हुँदा ३ सय १६ रुपैयाँ रहेको शेयर ३० प्रतिशत बोनसपछि घटेर २ सय ४३ रुपैयाँमा समायोजन भएको छ । बजारमा कारोबार भएको भए सो कम्पनीको मूल्य निकै माथि पुग्ने अवस्था थियो ।
सो कम्पनीको दोस्रो बजारमा पछिल्लोपटक अढाई महिना अगाडि मात्रै भएको थियो । जुलाई ५ मा भएको अन्तिम कारोबार मूल्यका आधारमा मंगलबार मूल्य समायोजन गरिएको हो ।


