images
images

शेयर बजार १३ अंकले बढ्यो, अरुण भ्यालीको सर्वाधिक कारोबार 


  • 396
    SHARES
  • २०७८ आश्विन ५ गते मंगलबार

    शेयर बजार १३ अंकले बढ्यो, अरुण भ्यालीको सर्वाधिक कारोबार 

    काठमाडौं । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक १३ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ०७ बिन्दुमा पुगेको हो । 

    बजारमा आज १८५ वटा कम्पनीको ७ अर्ब ३६ करोड बराबरको १ करोड ५३ लाख कित्ता शेयर कारोबार भएको छ । १२२ वटा कम्पनीको शेयर मुल्य बढ्दा ५४ वटा कम्पनीको शेयर मुल्य घटेको भने बाँकी ९ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 

    बैंक, विकास बैंक,, हाइड्रोपावर, होटल एण्ड टुरिजम,, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट लगायत अन्य सबै कम्पनीको शेयर मुल्य बढेको छ,भने ट्रेडिङ, म्युचुअल फण्ड, माइक्रोफाइनान्स, फाइनान्स आदि कम्पनीको शेयर मुल्य घटेको हो । 
      
    बजार बढेसँगै अरुण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक २ करोड ५४ लाख कित्ता शेयर कारोबार भएको छ । 

    मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको मुल्य ९।९९ प्रतिशतले बढेको छ, त्यसैगरी निफ्रा बैंकको ४.६६ प्रतिशत, र रु रु जलविद्युत् कम्पनीको ५.७८ प्रतिशतले मुल्य बढेको हो ।  

    आज मुल्य घट्ने कम्पनीहरुमा एक्सेल भलपमेन्ट बैंक, जानकी फाइनान्स, माउन्टेन इनर्जी  नेपाल फाइनान्स, आदि रहेका छन् । 


    images

    Logo