काठमाडौं । तीनवटा कम्पनीको संंस्थापक शेयर आजदेखि लिलामीका लागि खुला भएको छ ।
नागरिक लगानी कोष, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको संंस्थापक शेयर आजदेखि लिलामीका लागि खुला हुने भएको हो ।
एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो ।
नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९सय २ कित्त्ता, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८४ हजार ८ सय २९ कित्ता र आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता शेयरका लागि बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटलले आजदेखि बिक्री खुला गरेको हो ।
नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरका लागि न्यूनतम १०० कित्ता र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको शेयरका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ।
नागरिक लगानी कोषको न्युनतम मुल्य १ हजार १ सय ९७ रुपैयाँ, आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ५३९
रुपैयाँ र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको न्युनतम मुल्य ४९७ रुपैयाँ तोकिएको छ ।
इच्छुुक व्यक्तिले एन आई सी एशियामा आवेदन दिन सक्नेछन्।


