काठमाडौं । बुधबार शेयर बजार खुलेको साढे दुई घण्टामा १०४ अंकले नेप्से बढेको छ ।
बजार बढेसँगै तीन कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
गुहुश्वरी मर्चेन्ट एण्ड फाइनान्स, मल्टी प्रपोज फाइनान्स कम्पनी र हिमालय उर्जा विकार कम्पनीको शेयर मुल्यका सर्किट लागेको हो ।
यो अवधिमा कारोबारमा आएका १८४ वटा कम्पनीको मुल्य बढेको छ भने १ वटा कम्पनीको मुल्य स्थिर रहेको छ ।
