images
images

१३ वटा कम्पनीको मुल्यमा सकारात्मक सर्किट सहित राेकियाे नेप्सेको ओरालो यात्रा


  • 704
    SHARES
  • २०७८ आश्विन ६ गते बुधबार

    १३ वटा कम्पनीको मुल्यमा सकारात्मक सर्किट सहित राेकियाे नेप्सेको ओरालो यात्रा

    काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक १०४ अंकले बढेर २ हजार ८ सय १६ दशमलव ९५ बिन्दुमा पुगेको हो । 

    बजारमा आज १८५ वटा कम्पनीको ६ अर्ब १७ करोड बराबरको १ करोड २१ लाख कित्ता शेयर कारोबार भएको छ । १८४ वटा कम्पनीको शेयर मुल्य बढ्दा १ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । 

    नेप्से परिसुचक सहित सेन्सेटिभ, सेन्सेटिभ फ्लट उपसुचकहरु पनि सकारात्मक रहेका छन् । १३ वटै उपसुचकहरुको मुल्य बढेको छ । 

    बैंक, विकास बैंक, हाइड्रोपावर, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट, ट्रेडिङ, म्युचुअल फण्ड, माइक्रोफाइनान्स, फाइनान्स लगायत अन्य सबै कम्पनीको शेयर मुल्य बढेको छ । 
      
    विकास बैंक ७ प्रतिशत, हाइड्रोपावर ५ प्रतिशत, होटल एण्ड टुरिजम र ट्रेडिङको मुल्य ४ प्रतिशतले बढेको छ भने फाइनान्सको मुल्य ८ प्रतिशतले बढेको छ । त्यसैगरी लाइफ इन्स्योरेन्स, निर्जीवन बीमा कम्पनीको मुल्य ३ प्रतिशतले बढेको हो भने इन्भेष्टमेन्टको मुल्य ४ प्रतिशतले बढेको छ ।  

    बजार बढेसँगै अरुण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक २३ करोड ३४ लाख कित्ता शेयर कारोबार भएको छ । 

    प्रिमियर इन्स्योरेन्स,आइसी एफ सी फाइनान्स ,गुहुश्वरी मर्चेन्ट एण्ड फाइनान्स, मल्टी प्रपोज फाइनान्स कम्पनी, दिव्येश्वरी हाइड्रोपवर, हिमालय उर्जा विकास कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय, हिमाल दोलखा हाइड्रोपवर, संस्था, कर्पोरेट बैंक, सिन्धु विकास बैंक लगायत १३ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।  

    आज मुल्य घट्ने कम्पनीहरु मञ्जुश्री फाइनान्स, र नबिल इक्विटी फण्ड रहेका छन् । 


    images

    Logo