काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा बिहीबार १२.४७ अंकको गिरावट आएको छ । बुधबार पनि सामान्य अंकले घटेको बजारमा आज यस्तो गिरावट देखिएको हो ।
बिहीबार बजारमा कारोबार भएकामध्ये बैंक, फाइनान्स र लगानी समूहबाहेक अरु सबै समूह घट्दा बजार घट्न पुगेको हो । बजार परिसूचक घटे पनि लगानिकर्तालाई प्यानिक बनाउनेगरी भने बजार घटेको छैन । सबैभन्दा बढी हाइड्रो क्षेत्रको परिसूचक १.८६ प्रतिशतले घटेको छ ।
आज पनि बजारमा ८ वटा कम्पनीको वृद्धि ९ प्रतिशत भन्दा माथि रह्यो । यसमा धेरैजसो हाइट्रोपावर कम्पनीहरु नै रहेका छन् । खानीखोला, रुरु, युनियन, जोशी, दिब्यश्वरी लगायतका हाइड्रोको मूल्य सर्वाधिक बढ्यो ।
आज विशालबजार कम्पनी भने नकारात्मक सर्किटको बाटोमा लागेको छ । सिंगटी, ङादी लगायतका हाइड्रोपावर आज गुमाउने सूचीको शीर्ष स्थानमै छन् ।
आजको बजारलाई परिसूचकले साथ नदिए पनि कारोबारले साथ दिएको छ । बजामा ६ अर्ब ८१ करोड बराबरका शेयर कारोबार भए ।


