images
images

रु रु जलविद्युत् कम्पनीको मूल्य समायोजन


  • 361
    SHARES
  • २०७८ आश्विन ७ गते बिहीबार

    रु रु जलविद्युत् कम्पनीको मूल्य समायोजन

    काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

    नेप्सेका अनुसार बिहिबार कम्पनीको १० प्रतिशत बोनस र १०.५२६३ प्रतिशत नगद लाभांश पछिको शेयर मुल्य समायोजन भएको हो । 

    सो कम्पनीको बुक क्लोज पछिको मुल्य १ हजार २ सय ६ रुपैयाँमा समायोजन भएको छ  । 

    रु रु जलविद्युत परियोजना लिमिटेडको अन्तिम कारोबार १ हजार ३ सय २७ रुपैयाँमा भएको थियो । 

    कम्पनीले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

    उक्त कम्पनीको  साधारणसभा असोज १६ गते  संस्थाको कार्यालय हात्तिसारमा भर्चुअल माध्यमबाट बिहान ११ बजे बस्दैछ । 

     


    images

    Logo