images
images

३० प्रतिशत हकप्रद शेयर जारी गर्दै एक्सेल डेभलपमेन्ट बैंक 


  • 583
    SHARES
  • २०७८ आश्विन ७ गते बिहीबार

    ३० प्रतिशत हकप्रद शेयर जारी गर्दै एक्सेल डेभलपमेन्ट बैंक 

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले असोज २५ गतेदेखि १०.३ को अनुपात बराबर अर्थात ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    बैंकले १ सय रुपैयाँ अंकित दरमा  २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३ सय ६३.६७४२ कित्ता हकप्रद जारी गर्न लागेको हो । 

    कम्पनीले हकप्रद जारी गर्नका असोज १ गतेदेखि शेयरधनीकिताब खाता बन्द गरेको थियो । यसअनुसार भदौ ३१ गतेसम्म कायम भएका बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

    सो बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक एन आई बी एल एस क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा एन आई बी एल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था अथवा मेरोशेयरबाट कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ । 

    उक्त बैंकको हालको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार २ सय २४ रुपैयाँ रहेको छ  । हकप्रद जारी गरेपछि बैंकको चुक्ता पूँजी १ अर्ब ५ करोड ४४ लाख ५७ हजार ५ सय ९२ रुपैयाँ पुग्नेछ।


    images

    Logo