काठमाडौँ । सानिमा बैंकले १७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकले लाभांस दिने घोषणा गरे सँगै बिहिबार बजारमा बैंकको शेयरमुल्यमा ५ प्रतिशतको वृद्धि देखिएको छ ।
बिहिबार बजार खुलेको १ घण्टाको अवधिमा सानिमा बैंकको शेयर कारोबार सर्वाधिक भएको हो ।
सो अवधिमा कम्पनीको ५३६ रुपैयाँ अंकित मुल्यमा १७ करोड ४३ लाख ३२ हजार बराबरको ३ लाख ३८ हजार कित्ता शेयर खरीदविक्री भएको हो
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो ।