images
images

सामान्य अंकले बढ्यो नेप्से, सानिमा बैंकको सर्वाधिक कारोबार


  • 491
    SHARES
  • २०७८ आश्विन ७ गते बिहीबार

    सामान्य अंकले बढ्यो नेप्से, सानिमा बैंकको सर्वाधिक कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक सामान्य अंकले बढेको छ  । 

    साताको अन्तिम दिन बिहिबार शेयर बजार २ अंकले बढेर २ हजार ८ सय १९ दशमलव ६६ बिन्दुमा पुगेको हो । 

    बजारमा आज १८६ वटा कम्पनीको ७ अर्ब ७२ करोड बराबरको १ करोड ५७ लाख कित्ता शेयर कारोबार भएको छ । ५६ वटा कम्पनीको शेयर मुल्य बढ्दा १२८ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने २ वटा कम्पनी स्थिर रहेको छ । 

    बैंक र फाइनान्सको शेयर मुल्य बढेको छ भने, विकास बैंक, हाइड्रोपावर, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट, ट्रेडिङ, म्युचुअल फण्ड, माइक्रोफाइनान्स, लगायत अन्य सबै कम्पनीको शेयर मुल्य घटेको छ । 
      
    बजार बढेसँगै सानिमा बैंकको सर्वाधिक ३४ करोड १५ लाख कित्ता शेयर कारोबार भएको छ । 

    प्रिमियर लाइफ इन्स्योरेन्स, नबिल बैंक, नेपाल बंगलादेश बैंक, मनकामना स्मार्ट लघुवित्त वित्तीय, सानिमा बैंक मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मुल्यमा बढेको छ । 

    आज मुल्य घट्ने कम्पनीहरु माउन्टेन इनर्जी, आर एम डीसी लघुवित्त वित्तीय संस्था युनियन हाइड्रोपावर आदि रहेका छन् ।

     


    images

    Logo