काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ आजदेखि बन्द हुने भएको छ । तोकिएको न्यूनतम समयमा उल्लेख्य रुपमा आवेदन परेपछि सो कम्पनीको आईपीओ बिक्री बन्द हुन लागेको हो ।
कम्पनीको आईपीओमा शुक्रबार दिउँसोसम्म १७ लाख १६ हजार जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार उक्त समयसम्म २ करोड ४६ लाख कित्ताका लागि आवेदन परेको हो । यो आवेदन सर्वसाधारणको लागि माग गरेभन्दा ३ दशमलव ८१ गुणा बढी हो ।
उक्त कम्पनीले भदौ ६ गतेदेखि रू। ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउने छन् ।


