काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्विटी फण्डको ७५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिंङ् व्यवस्थापक तथा नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
दुबै फण्डले लाभांश वितरणका लागि असोज ११ गते बुक क्लोजको मिति तोकिसकेका छन जस अनुसार असोज १० गते सम्म कायम भएका इकाइधनिहरुले मात्र फण्डले वितरण गर्ने प्रतिफलपाउनेछन् ।
गत आर्थिक वर्षको मुनाफा बाट नबिल ब्यालेन्स्ड फण्ड–२ ले इकाइधनिहरुलाई ३५ प्रतिशत कर सहित र नबिल इक्विटी फण्ड ले ४० प्रतिशत करसहितको प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।
नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्विटी फण्डहरुको कोष प्रबर्द्धक नबिल बैंक लिमिटेड हो र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


