images
images

शेयर बजार ६१ अंकले घट्यो, ६ अर्बको कारोबार 


  • 450
    SHARES
  • २०७८ आश्विन १० गते आइतबार

    शेयर बजार ६१ अंकले घट्यो, ६ अर्बको कारोबार 

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ६१ अंकले घटेको छ । 

    साताको पहिलो दिन शेयर बजार २.१७ प्रतिशतले घटेर २ हजार ७ सय ५८ दशमलव ४८ बिन्दुमा पुगेको हो ।
     
    बजारमा आज ६ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता शेयर कारोबार भएको छ ।

    सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।   

    नेप्से घटेपनि मनकामना स्मार्ट लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । 

    १८६ वटा कम्पनीको कारोबार भएको बजारमा ८ वटा कम्पनीको शेयर मुल्य बढेको छ, भने १७६ वटा कम्पनीकोे शेयर मुल्य घटेको छ भने २ वटा कम्पनीको शेउर मुल्य स्थिर रहेको छ । 

    बैंक, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, माइक्रोफाइनान्स, बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, ट्रेडिङ,  होटल एण्ड टुरिज्म,लाइफ इन्स्योरेन्स,इन्भेष्टमेन्ट लगायत सबै कम्पनीको शेयर मुल्य घटेको हो । 

    आईसी एफ सी फइनान्स, घलेम्दी हाइड्रो, बेष्ट फाइनान्स आदि कम्पनीको मुल्य घटेको छ ।  


    images

    Logo