काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको को सर्वसाधारणलाई वितरण गरेको १० लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ ।
नेप्सेका अनुसार कम्पनीको १० लाख ९३ हजार ६ सय ५० कित्ता साधारण शेयर आइतबार नेप्सेमा सुचीकृत भएको हो ।
सो वित्तीय संस्थालेले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ मार्फत प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।जसमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६ सय ८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
कम्पनीले कारोबारको लागि ओपनिङ् रेञ्ज १३२.६९ देखि ३९८.०७ रुपैयाँ सम्म पाएको छ ।


