images
images

बुद्धभूमि हाइड्रोपावरको आईपीओ आजदेखि खुला, कति दिने आवेदन ?


  • 1.3K
    SHARES
  • २०७८ आश्विन ११ गते सोमबार

    बुद्धभूमि हाइड्रोपावरको आईपीओ आजदेखि खुला, कति दिने आवेदन ?

    काठमाडौं । बुद्धभूमी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) आज देखि खुला भएको छ । 

    कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
     
    बुद्धभूमी हाइड्रोपावरले प्रतिकित्ता १०० का दरले ८ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । जारी गरेको कुल शेयर मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

    उक्त शेयरका लागि सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा असोज २५ गते सम्म आवेदन दिन सकिनेछ । 

    सो शेयरमा सर्वसाधारणले न्युनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । 


    नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार लगानी कर्ताको सङख्या बढी भएको हुँदा आवेदकले १० कित्ताका दरले शेयर पाउने भएकाले न्युनतम १० कित्तासम्म आवेदन दिन सकिनेछ । 

     


    images

    Logo